तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी मधेस प्रदेश सरकारले प्रहरी समायोजनको मुद्दामा आन्दोलन चर्काउने तयारी थालेको छ । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको छ ।