प्रदेशबाट पनि बाहिरिँदै एमाले, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पद धरापमा

केन्द्रीय सत्ताबाट बाहिरिएको एमाले अब क्रमश: प्रदेशमा विपक्षी कित्तामा पुगेको छ । वाग्मती प्रदेशबाट शुक्रबार बाहिरएको एमालेको नेतृत्वमा रहेका गण्डकी र लुम्बिनी सरकार पनि धरापमा परेका छन् । गण्डकीमा मा‌ओवादीले खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने लुम्बिनीमा प्रक्रिया रहेको छ ।