महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका - ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरू