काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]
१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी […]
नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा
काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्ने नेता विशाल भट्टराईले जानकारी दिए। उनलाई आम निर्वाचनमा चुनाव लड्ने शर्तमा एमाले प्रवेश गर्न लागेको जनाइएको छ। उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो।तर खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्म
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्न राय ओली निवास बालकोट पुगेका थिए। सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। एमाले प्रवेश गर्न उनी ओली निवास बालकोट पुगेका थिए। सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।
चुनावको मुखमा काँग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा काँग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराह पोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका राई हाल काँग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराह पोखरीमा प्रमुख काँग्रेस र
काठमाडौँ- पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका […]
नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्। कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।
काठमाडौंँ । वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।