काठमाण्डाै – स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याउनु भएका डा. गौरीशंकर लाल दासलाई सरकारले सम्मान गरेको छ ।
आज मङ्गलवार सय वर्ष पुग्नु भएका दासलाई काठमाण्डाै महानगरपालिका र मूल समारोह समितिले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मानपत्र तथा दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह, पूर्वमन्त्री, सांसद, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीलगायतले शताब्दी पुगेको अवसरमा दासलाई अभिनन्दन गर्नुभयाे ।
...