कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४ सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ ।
अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइनेछ भने बाँकी आधालाई प्लासेबो दिइनेछ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपि विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययन हाल सञ्चालनमा छन् ।