मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।  हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।