पर्वतका पत्रकारविरुद्ध फेसबुकमा लेखेको आरोपमा फोटो पत्रकार आरके अदिप्तविरुद्द पक्राउ पुर्जी

काठमाडौं । पर्वतका फोटो पत्रकार तथा कालीगण्डकी बचाऊ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्वतका पत्रकारहरूविरुद्ध फेसबुकमा लेखेको आरोपमा साइबर अपराधमा किटानी जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । गिरीले पर्वतका सक्रिय पत्रकारहरू नेता, दलाल, माफिया र तस्करहरूको गोजीमा रहेको भन्दै आरोप लगाएका थिए । उक्त आरोपले व्यक्तिगत […]

सम्बन्धित सामग्री

गिरीलाई पक्राउ पुर्जी जारी भएकोमा पत्रकार महासंघको ध्यानाकर्षण

कालीगण्डकी बचाऊ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आरके अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा पक्राउ पुर्जी

पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित सात पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।