पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर युवककाे ज्यान गयाे

पाल्पा – पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित सामग्री

पाल्पामा काफल टिप्‍न गएका किशोरको रुखबाट लडेर मृत्यु

काफल टिप्न जंगल गएका एक किशोरको काफलको रुखबाट लडेर मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी छचुवाका मंगल कुमालको छोरा १८ वर्षीय सूर्य कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।