सत्ता गठबन्धनभित्र गोरखाको चुनावी तालमेल सकसपूर्ण भएको छ । चैत १८ गते यता चार चरण गठबन्धन दलबीच हुँदा पनि भागबण्डामा कुरा मिलेको छैन । भागबण्डामा सहमति नहुने परिस्थिति बनेपछि जिल्लामा गठबन्धन संयन्त्रको नेतृत्वकर्ता नेपाली काँग्रेसको टोली काठमाडौं आएको छ ।जिल्लाका ११ पालिकामा माओवादी केन्द्रले ५० प्रतिशत भाग मागेपछि काँग्रेस सकसमा परेको हो । ०७४ को निर्वाचनमा गोरखाका दुई नगरपालिका र ७ गाउँपालिकमा निर्वाचित काँग्रेस माओवादीलाई ५० प्रतिशत भागदिन तयार छैन । गत निर्वाचनमा दुई पालिका जितेको माओवादी क