पुटिनका अन्तर्राष्ट्रिय दूतले दिए राजीनामा

मस्को । एनातोली चुवाइसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय दूतको पदबाट बुधबार राजीनामा दिएका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता राजीनामा दिने यिनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन् । रुसी सञ्चार माध्यमले चुवाइस अहिले आफ्नी पत्नीसँगै टर्कीमा छन् । उनलाई अन्तर्राष्ट्रिय रूपमा रुसको दिगो विकासलाई समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।...