एसिडपीडित आरती प्रहरी नियन्त्रणमा

जनकपुरधाम : सोमबार जिल्ला अदालत धनुषाले एसिड बिक्रेतालाई सफाइ दिएको फैसलामा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडाैंमा रहेकी आरतीले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएको खबर थाहा पाएर केही बेरअघि जनकपुर आइपुगेकी उनी आफ्नो भाइ राजा साहसँग धनुषा जिल्ला अदालत पुगेकी थिइन्। उनले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छन्।भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहर