विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छे« हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान…