स्थानीय तहको आसन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तीमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० महिला छन् । मतदाताको सूचीमा लैङ्गिक हिसाबले ‘अन्य’तर्फ सूचीकृत १८३ मतदाता छन् ।आयोगका अनुसार प्रदेशगत रुपमा ‘अन्य’ सूचीमा सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा छन् । यो प्रदेशमा ‘अन्य’ सूचीमा ६७ जना मतदाता छन् । दोस्रोमा लुम्बिनी प्रदेशमा ३२ जना ‘अन्य’ सूचीमा मतदाता छन् । यस्तै,