निजी क्षेत्रलाई दिइएको सरकारी चिया बगान फिर्ता गर्न माग

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको सरकारी चिया बगान र उद्योग फिर्ता गर्न स्थानीय सरकारको माग जोडदार रुपमा उठ्दैछ। श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासीनतादेखि उद्योगका महत्वपूर्ण उपकरणसमेत हराइएको भन्दै स्थानीय सरकारले निजी क्षेत्रबाट फिर्ता ल्याउन संघीय सरकारसँग विगतका बर्षहरुबाट माग राख्दै आएका छन्।इलाम र झापाको ६ वटा स्थानीय तहमा निजीकरण गरिएका सातवटा चिया बगान फिर्ता हुनुपर्ने स्थानीय सरकारको माग छ। व्यवस्थापन पक्षले चिया श्र