धादिङ रुबीभ्यालीको पहिरो पन्छाउने काम जारी, डोजर देखियो, बेपत्ता फेला परेनन्

काठमाडौं । धादिङ रुबी भ्यालीमा बिहीबार गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीनजना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका १ मा बाटो बनाउने क्रममा डोजरसहित तीनजना पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको...

सम्बन्धित सामग्री

धादिङ पहिरोमा डोजरसहित बेपत्ता तीनजना अझै भेटिएनन्

काठमाडौं । धादिङमा पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । रुबीभ्याली गाउँपालिका–१ मा गएको पहिरोमा परी बेपत्ता भएका डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ अझै भेटिएका छैनन् । हेलिकोप्टरसमेत परिचालन गरी उनीहरूको खोजीकार्य जारी छ । ठूलो पहिरो गएको र उनीहरूको खोजीकार्य जारी रहेको...

धादिङमा पहिरोमा पुरिएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली पुग्यो

धादिङ – धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् । डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस त...

धादिङ पहिरोमा बेपत्ता तीनमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले थाहाखबरलाई जानकारी दिए।धादिङमा प

धादिङको रुबीभ्याली पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली–१ पुरुमा आज बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । सडक खन्दै गरेको […]

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

धादिङमा बाटो खन्दै गर्दा पुरिएर तीनजना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज […]