घरेलु भलिबलमा विभागीय टोलीको दबदबा नयाँ रहेन । राष्ट्रिय टोलीका खेलाडीहरू तीन विभागीय टोलीमा छरिएका छन् । त्यसमध्ये त्रिभुवन आर्मीसँग पूरा टिम नै अन्तर्राष्ट्रिय खेलाडीले भरिएको छ । क्लबस्तरीय राष्ट्रिय प्रतियोगितामा उनीहरूलाई चुनौती दिने कोही हुँदैनथे ।