जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको आरोप लागेका पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएक