नुवाकोटको तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । सोही गाउँपालिका अन्तर्गतका वडाध्यक्ष सूर्यमान श्रेष्ठ (गणेश)ले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका हुन् । स्थानीय निर्वाचनबाट एकै पार्टी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए । तर, निर्वाचित जनप्रतिनिधिको रुपमा काम थालेको ३ महिनामै श्रेष्ठले आफ्नै पार्टीबाट निर्वाचित अध