समलिङ्गी विवाहलाई मान्यता नदिने जापानले संयुक्त राज्य अमेरिकामा समलिङ्गी जापानीसँग विवाह गर्ने अमेरिकी पुरुषलाई दीर्घकालीन भिसा दिएको छ । जापानमा दीर्घकालीन बसोबासको भिसा पाएपछि ती अमेरिकीका प्रतिनिधिले सोमबार समलिङ्गी विवाहलाई मान्यता नदिने देशमा ‘ब्रेकथ्रु’ कदम भनेका छन्। उनले यो फैसला केस बाई केस आधारमा गरिएको भए पनि न्याय प्रणालीको एक हिस्साको रूपमा स्थापित हुनुपर्ने बताएका …