जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत मंगला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ ।  दुखुखोलामा आएको बाढीले पुलको मङ्गला गाउँपालिकातर्फ पिल्लरको जगमुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकोले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल […]