गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उनले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उनको भनाइ […]