हेब्रोनमा इजरायली सैन्य कारबाही, घर छाड्न बाध्य प्यालेस्टिनीको सङ्ख्या २ हजार २०० पुगेको दाबी

इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकको हेब्रोनमा सैन्य कारबाहीका क्रममा ठूलो सङ्ख्यामा प्यालेस्टिनी घर छाड्न बाध्य भएका छन्। प्रारम्भिक विवरणमा करिब एक हजार २०० जना विस्थापित भएको जनाइएकामा नगरप्रमुख युसेफ अल–जबारीले अल जजिरालाई दिएको पछिल्लो विवरणमा सङ्ख्या करिब दुई हजार २०० पुगेको बताएका छन्। अल–जलादा र ऐन देइर बहा क्षेत्रमा इजरायली सेनाको अभियान जारी छ। विस्थापितको […]