काठमाडौँ । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशका प्रमुख शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मान्दै श्रद्धालुहरू पूजाआजाका लागि शक्तिपीठहरूमा पुगेका हुन्। काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी तथा टोखा […]