हरित विकास अभियानमा सन नेपाल लाइफ इन्स्योरेन्स सक्रिय

विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरम तथा चन्द्रनगर गाउँपालिकासँग सहकार्य गर्दै सर्लाहीमा वृक्षारोपण अभियानको पहिलो चरण सम्पन्न गरेको छ। हरित विकास, वातावरणीय स्थायित्व तथा सामुदायिक स्वास्थ्यलाई लक्षित गरी चन्द्रनगर–२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालय परिसरमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपिएको कम्पनीले जनाएको छ। कार्यक्रमको उद्घाटन […]