सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस (आरओ) प्रणाली उपलब्ध गराएको छ। बैंकका अनुसार अस्पतालको डायलासिस युनिटमा हाल २१ वटा मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ नियमित बिरामीलाई सेवा दिइँदै आएको छ। अस्पताल व्यवस्थापनसँगको छलफलपछि डायलासिस सेवाका लागि आवश्यक आरओ प्रणालीलाई प्राथमिकतामा राखेर सहयोग गरिएको बैंकले जनाएको […]