विवादित फ्लाईदुबई घटनाबारे उठिरहेका पाँच प्रश्न के हुन् ?

फ्लाईदुबईको एक उडानका क्रममा सहपाइलटले पाइलटमाथि आक्रमण गरेको घटनाले हवाई सुरक्षासम्बन्धी धेरै प्रश्न जन्माएको छ। घटनामाथि अनुसन्धान जारी रहँदा सार्वजनिक भएका केही आधिकारिक विवरणमाथि समेत अनलाइन टिप्पणीकार र उड्डयन क्षेत्रका जानकारहरूले प्रश्न उठाइरहेका छन्। बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट FZ1073 करिब साढे दुई घण्टापछि अचानक तीव्र रूपमा तल झरेको थियो। त्यसपछि विमानले साउदी अरेबियामा […]