प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारका पछिल्ला कदमहरूको आलोचना गर्दै जनसरोकारका विषयमा तत्काल सम्बोधन गर्न माग गरेका हुन् । बैठकमा सांसद घनश्याम रिजालले सञ्चार गृह […]