हमासले हतियार नबुझाएसम्म गाजाबाट नहट्ने इजरायल, ट्रम्पको १५ बुँदे योजना संकटमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि सारिएको गाजा युद्ध अन्त्य गर्ने १५ बुँदे योजनामा इजरायलले असहमति जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास ‘वास्तविक रूपमा’ निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्। नेतन्याहुले मन्त्रिपरिषद् बैठकमा इजरायलले १५ बुँदे दस्तावेज स्वीकार नगरेको बताएका हुन्। हमासले सबै हतियार त्यागेपछि मात्रै सेना फिर्ताको विषय अगाडि बढ्न […]