पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि, जनजीवन प्रभावित हुने संकेत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान १५ रुपैयाँले मूल्य बढाइएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाइएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र आयात लागत बढ्दै गएपछि मूल्य समायोजन गर्न बाध्य भएको उल्लेख […]