ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकिएको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई दूतावासको समन्वयमा गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिएका हुन् ।  अहिलेको अवस्थाका कोही पनि नेपालीहरू ट्रान्जिटमा समस्यामा नरहेको जानकारी प्राप्त भएको उनले बताए । जेद्दामा समस्या परेका […]