आज ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३१ चैत्र । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २३ लाख २१ हजार ६ सय ७० पिसीआर परिक्षण भएको छ भने ३ हजार ६ सय ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ८५ रहेको छ ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।