बागलुङ– बागलुङको निसीखोला गाउँपालिका- ७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुऱ्याउनका लागि पदमार्ग निर्माण गरिएको जनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण भएको हो । गण्डकी प्रदेश सरकारले चालु […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत एजेण्डामा छलफल हुनेछ । पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो […]
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन्। यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार गरेको छ। मंगलबार केही समयका लागि बढेको अमेरिकी शेयर बजार ट्रम्पले चीनविरुद्ध […]
काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमण, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।