काठमाडौं : आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले