असोज १८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नासु उमेश कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले निजलाई सेवाग्राहीबाट नागरिकताको प्रतिलिपि बनाइदिने बाहनामा ८ हजार ५०० रुपैयाँ घूस लिइसकेको अवस्थामा गत भदौ २२ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा जन्म मिति सच्याई नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको पुष्टि भएको भन्दै अख्तियारले मागदावी लिएर निज चौधरी विरुद्ध सोमवार विशेष अदालत,काठमाडौंमा मुद्दा दायर गरेको बताएको छ ।