बहराइनमा आन्दोलनरत श्रमिक : घर फर्कन चाहनेलाई नियम अनुसार पाउने सेवा सुविधासहित स्वदेश पठाइने

काठमाण्डौ – बहराइनको एनएसएच कम्पनीबाट स्वदेश फर्कन चाहने नेपालीको स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिएको जनाएको छ । सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो ।  श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसा...