पहिचान नभएको रोगले धमाधम मौरी मर्न थालेपछि जुम्लाका किसानले मौरी विकास केन्द्र गोदावरीदेखि विशेषज्ञ बोलाउने भएका छन् । मौरी किसान र सरोकारवालाबीच बुधबार भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोजिने निष्कर्ष निकालिएको किसानहरूले बताए ।