काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी

पोखरा, १९ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । शर्मा संस्थापन इतर पक्षका हुन् । उनी कास्कीका पाका नेता हुन् । संगठनमा राम्रो अनुभव भएकाले शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बनाएको थियो । गण्डकी प्रदेश […]

सम्बन्धित सामग्री

समृद्धि र विकासका लागि काँग्रेस गण्डकी प्रदेशको संकल्प सार्वजनिक

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच काँग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिकरुपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।काँग्रेसले सङ्कल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक

काँग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्।  १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् ।  उपसभापतिमा देउवा पक