‘विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम पूरा …