बुढीगण्डकी जलविद्युत् आयोजना सुरु भएको ९ वर्ष पूरा, भौतिक र वित्तीय प्रगति १० प्रतिशत मात्रै

गोरखा – गोरखा र धादिङको सिमाना भएर बग्ने बुढीगण्डकी नदीमा निर्माण हुने १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु भएको ९ वर्ष पूरा भएको छ । सरकारको लक्ष्य अनुसार विसं. २०८४/८५ सम्म आयोजना सम्पन्न गर्नुपर्ने हो । तर आयोजना सुरु भएको नौ वर्ष बितिसक्दासम्म १० प्रतिशत पनि प्रगति भएको छैन । आयोजनाको निर्माण पूरा हुन अब ७ वर्ष मात्रै बाँकी छ । यसबीचमा निर्माणको काम त परै जाओस् निर्माणपूर्वको मुआब्जा वितरणकै काम पनि पूरा हुन सकेको छैन ।   कुल लागत अनुमान २ खर्ब ६० अर्ब रुपैयाँ रहेको बुढीगण्डकी आयोजन...