कान्तिपुर टेलिभिजन बिहीबारदेखि उच्च दृष्टिकोणको नयाँ स्वरूपसहित हाइडेफिनेसन (एचडी) प्रविधिमार्फत प्रसारण हुने भएको छ । पछिल्लो समय विकास भएका प्रविधिलाई आत्मसात् गर्दै गहन विषयवस्तु अझ स्पष्ट दृश्यमार्फत दर्शकमाझ पुर्याउने लक्ष्यसाथ स्तरोन्नति गरिएको टेलिभिजनले जनाएको छ ।