सिरहा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देशैभरका स्थानीय तहको न्यायिक समितिमा कानुन व्यवसायी नियुक्त गर्न लागेको बताएको छ । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा आज राष्ट्रिय युवा संघ नेपालको जिल्ला भेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले न्यायिक सेवामा सर्वसाधारण जनताको सहज पहुँच पु¥याउन र प्रभावकारी रुपमा न्याय सम्पादनका लागि स्थानीय न्यायिक समितिमा कानुनी सहायता अधिकृतको रुपमा कानुन व्यवसायी नियुक्त गर्न लागिएको बताए । ‘न्यायिक समितिहरुमा दक्ष का