स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि हुम्ला अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । एकै पटक अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभए सम्मका लागि अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।