भारतमा कोरोना संक्रमणको मामिलामा पछिल्ला केही दिनमा अभूतपूर्व तीब्रता आएको छ ।भारतभरी अस्पताल अक्सिजन र बेडको कमीका कारण बिरामीलाई फिर्ता पठाइरहेका छन् ।अक्सिजनको सुविधा भएको एम्बुलेन्स सर्भिस प्रदान गराउन समस्या आउन थाल्यो ।र यदि कुनै परिवारले बिरामीका लागि अस्पतालमा बेड पाइहाले पनि उनलाई अस्पतालसम्म लैजान चुनौती छ ।दिल्लीमा स्थिति नाजुक मोडमा आएको छ जहाँ अस्पतालमा अक्सिजनको कमीका कारण मानिसहरुको ज्यान जान थालेको छ ।स्वास्थ्यकर्मी निकै दबाबको स्थितिमा काम गरिरहेका छन् ।यस्तै स्थिति समसान घाट र