काठमाडौं : नेपाल राष्ट्र बैंकले नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको छ।नियमविपरीत ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकहरूले साधारणसभा गर्न नपाउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले थाहाखबरलाई जानकारी दिए।आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार यही पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले साधारणसभा गर्नुपर्छ। त्यसका लागि बैंकहरूले आफ्नो वित्तिय विवरणसहित केन्द्रीय बैंकबाट अनुमति लिनुप