महोत्तरीमा नतिजा आउन बाँकी आठ तहमध्ये ४ मा राजपा अगाडि

महोत्तरीका १५ स्थानीय तहमध्ये सात वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बाँकी रहेका आठ स्थानीय तहमा सदरमुकाम जलेश्वसहित चार ठाउँमा राजपा उम्मेदवार अगाडि छन्। राजपा उम्मेदवारले अग्रता लिइरहेका स्थानीय तह जलेश्वर, भंगाहा, मटिहानी र मनरा शिवसा नगरपालिका हुन्। ल्लाको बर्दिबास नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने पिपरा गाउँपालिकामा एमाले उम्मेदवारको अग्रता छ। मगोपालपुरमा माओवादी…

सम्बन्धित सामग्री

प्रदेश २ : सत्ता समीकरणका विकल्प

मुलुकभर वाम लहर देखिए पनि तराई÷मधेसका ८ जिल्ला समेटिएको प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को मधेश गठबन्धनको पक्षमा अभिमत जाहेर गरेका छन् । २ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम–राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ । कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन । समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

२२ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता? (सूची)

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन भएका १६५ निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा आउन बाँकी छ। बाँकीमध्ये सबैभन्दा धेरै एमाले ७ स्थानमा अघि छ। यस्तै माओवादी र राजपा समान ४ तथा कांग्रेस र संघीय समाजवादी ३-३ स्थानमा छन्। यस्तै भक्तपुर १ मा नेमकिपा अगाडि छ। यसमा पनि सुनसरी ३ मा कांग्रेस एमालेभन्दा र सिरहा २ मा संघीय समाजवादी...

मधेसमा एमालेको यही परिणाम नै ठूलो कुरा हो : महासचिव पोखरेल

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पाँचौं बनेको छ। मंगलबार तीन वटा स्थानीय तहको नतिजा आउन बाँकी रहँदा १३६ स्थानीय तहमध्ये एमालेले १८ तहमा जितेको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र नेकपा माओवादीले एमाले भन्दा धेरै सिट जितेका छन्। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहि...

अब ६६ स्थानको नतिजा आउन बाँकी (सूचीसहित)

दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ६९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ६६ स्थानको मात्र मत परिणाम आउन बाँकी छ। हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा माओवादी केन्द्र छ। त्यस्तै, संघीय समाजवादी फोरम र राजपा तेस्रो स्थानमा छन् भने नेकपा एमालेको चौंथो…