काठमाडौँ – निर्वाचन आयोगले पुकार बमलाई स्पष्टीकरण सोधेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बमलाई आफ्नो नाम अंकित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो। बमको चुनाव प्रचारप्रसारको क्रममा उनीसहित उनको साथमा रहेका व्यक्तिहरुले ‘पुकार बम’ नाम अंकित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ। […]