मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने

मुस्ताङ– हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो । मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै […]