प्रधानमन्त्रीद्वारा कोभिड-१९ युनिफाइड अस्पताल उद्घाटन (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताएका छन्। कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताएका हुन्।उनले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पारे। वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष