वीरगन्ज पथलैया औद्योगिक करिडोरको भलुहीमा स्थित ग्याँस सिलिण्डर उद्योग एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् ।मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न पुगेको खबर पाएपछि प्रहरी पुगेर रोक्न खोज्दा दोहोरो भीडन्त भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जनाएका छन् । प्रहरी कारवाहीमा दुई जनालाई नियन्त्रणमा लिएर